दसैँयता कोशीमा दुर्घटनाबाट ३४ जनाले ज्यान गुमाए

विराटनगर । कोशी प्रदेशमा दसैँ र तिहारको अवधिमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा भएका दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् । असोज १७ देखि कात्तिक १८ गतेसम्ममा दुर्घटनामा परी २८ पुरुष र ६ जना महिलाको मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कोशीका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापामा १२ जनाको मृत्यु भएको छ । मोरङमा ७, सुनसरीमा ६, उदयपुर, संखुवासभा र खोटाङमा २–२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा १–१ जनाको मृत्यु भएको छ ।

यो अवधिमा दुर्घटनामा परी ८० जना गम्भीर घाइते भए भने ९६१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मोरङमा सबैभन्दा धेरै २ सय ७ वटा दुर्घटना भए । झापामा १ सय ६०, सुनसरीमा १ सय ३८, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५–५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३–३, इलाम र ताप्लेजुङमा १र१ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *