३४० किलो गाँजा बरामद, ट्रक छाडेर भागे चालक
सुनसरी। सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट ३ सय ४० किलो गाँजासहित एउटा ट्रक शुक्रबार नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए ।
प्रतिक्रिया
