तिहार : आज कागको पूजा गरिँदै
विराटनगर । यमपञ्चक अन्तर्गत बुधबार काग तिहार पर्व कागको पूजा गरेर मनाइँदैछ । यमराजको दूतका रुपमा पुजिने कागलाई मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदेयोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
प्रतिक्रिया
