सडकबाट मिनी ट्रक खस्दा ३ जनाको मृत्यु
सुर्खेत । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कपुकोट गाउँपालिका–६, की १३ वर्षीय सृजना बस्नेत र अन्य दुई जना छन् ।
सृजनालाई कपुरकोट स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको हो । अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ ।
सोमबार अपराह्न कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिटी ट्रक सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गाडीमा १२ जना सवार रहेका थिए । दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीलाई जिल्ला अस्पताल सल्यान र केहीलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुर लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
