नाबालिका बलात्कारको आरोप लागेका प्रहरीद्वारा आत्महत्या

दाङ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगरले आत्महत्या गरेका छन् । दाङको घोराहीस्थित वडा प्रहरी कार्यालयमा उनले आत्महत्या गरेका हुन् ।

प्युठानको बडडाँडा घर भएका मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा उनलाई फेला पारिएको हो । दसैँको बेला पिङ खेल्न गएकी नाबालिकालाई बलात्कार गरेको उनले बयानमा स्वीकारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *