अमेरिकामा हुने खेलका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले अमेरिकामा हुने विश्वकप लिग-२ को खेलका लागि टोली घोषणा गरेको छ । पूर्वकप्तान सन्दीप लामिछानेसहित १५ सदस्यीय टोली घोषणा भएको हो ।

अमेरिका विरुद्ध टी–२० सिरिज नखेलेका लामिछाने टिममा समावेस भएका छन् भने सागर ढकाल र देव खनाल ‘रिजर्भ’ मा छन् ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीच आईसीसी विश्वकप लिग टु सिरिज सुरु भएको छ । पहिलो खेलमा स्कटल्याण्डले अमेरिकामाथि १० विकेटको जित निकालेको थियो ।

नेपालले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *