बारीको काँक्रा टिपेको निहुँमा मामाको हत्या
संखुवासभा । काँक्रा टिपेको विवादमा चिचिलामा शनिबार एक महिलाले मामाको हत्या गरेकी छन् । प्रहरीका अनुसार चिचिला गाउँपालिका–४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले खुकुरीले प्रहार गरी मामा ४५ वर्षीय भीमबहादुर गुरुङको हत्या गरेकी हुन् ।
भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेको विषयमा विवाद भएको र विवाद बढ्दै जाँदा हत्या भएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
दुर्गामायाले भीमबहादुरको टाउको र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुर्गामायालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया
