भद्रपुर झापा गोल्डकप फागुनमा
झापा । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतिमा समय निर्धारण भएको आयोजक संस्थाका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बङ्गलादेशका टोलीको सहभागिता रहनेछ । २०७९ सालमा भएको पहिलो संस्करणमै प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण थप परिस्कृत हुनेगरी तयारी गर्ने आयोजकको भनाइ छ ।
प्रतियोगिताका खेलहरु चन्द्रगढीस्थित मेची रङ्गशालामा हुनेछन् । पहिलो संस्करणमा त्रिभुवन आर्मी एफसीले मछिन्द्र फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया
