मोटरसाइकलको ट्यांकीमा लाखौँको गहना
रौतहट । लाखौं रुपैयाँ पर्ने चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतको बिहार सीतामढी जिल्ला बैरगनियाका ६२ वर्षीय चन्देश्वर साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
रौटहट जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा शुक्रवार सीमावर्ती भारतीय बजार बैरगनियाबाट आउँदै गरेका साहमाथि शङ्का लागेर प्रहरीले जाँच गरिएको थियो ।
मोटरसाइकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको ७ किलो १८७ ग्राम चाँदीको गहना फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
