सुतेकै ठाउँमा महिलाको मृत्यु

झापा । झापाको अर्जुनधाराकी एक महिलाको सुतेकै ठाउँमा मृत्यु भएको छ । अर्जुनधारा–६ कप्तानबारीकी मीना दनुवारको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गर्ने ५५ वर्षीया दनुवार ओछ्यानमै मृत फेला परेकी हुन् । शुक्रबार बिहान अबेरसम्म कोठाको चुकुल नखोलेपछि घरधनी बास्तोलाले प्रहरीलाई जानकारी गराएका थिए ।

ढोका फुटाएर हेर्दा दनुवार मृत अवस्थामा फेला परेको उल्लेख गर्दै घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *