दम्पती घरमै मृत भेटिए, हत्या भएको आशंका
फाइल तस्बिर
काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, विनाबारीस्थित घरमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको आशंका गरिएको छ । शुक्रबार बिहान मृत भेटिएका ४५ वर्षीय रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको टाउकोमा चोट पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार दुवैको टाउकोमा चोट देखिएको छ भने पत्नी कमलाको मुखमा पनि चोट देखिएको छ । उनीहरुमाथि धारिलो हतियार प्रहार भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धान अनुसार दुवैको हत्या भएको आशंका प्रहरीले गरेको छ । तालिमप्राप्त कुकुर परिचालन गरेर अनुसन्धान थालिएको डिएसपी जोशीले जानकारी दिए ।
अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय धनगढीबाट तामिल प्राप्त कुकुर घटनास्थलमा पठाइएको छ ।
प्रतिक्रिया
