मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले बोलिभियालाई ६-० ले हरायो

काठमाडौँ । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनाले बोलिभियालाई ६–० ले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोल अन्तरले पराजित गरेको हो । बोलिभियालाई पराजित गर्दा कप्तान मेस्सीले ह्याट्रिकसहित दुई गोलका लागि असिस्ट गरे ।

अर्जेन्टिनाका थियागो अल्मडा, जुलियन अल्भारेज र लौटरो मार्टिनेजले १–१ गोल गरे । खेलको १९ औं मिनेटमा कप्तान मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । मार्टिनेजले ४३औं मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई ३–० मा पुर्याए ।

खेलको ६९औं मिनेटमा गोल गर्दै अल्मडाले गोल गरे । मेस्सीले ८४ औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । अर्जेन्टिना १० खेलमा २२ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा पराजित बोलिभिया समान खेलबाट ११ अंकका साथ ७ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *