बस दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ ।

बस चालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घाइतेको नामः

-पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउद

-वडा ६ का २४ वर्षीय राजेन्द्र साउद

-कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउद

-डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा

-दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता

-कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउद

-पुर्चौंडी-८ का ४२ वर्षीय पदम बहादुर बोहरा

-सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा

-वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी

-२० वर्षीय सुरेन्द्र रतौकी

-वडा नं. १० का दामोदर महरा

-धनबहादुर महरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *