कोशी अस्पतालमा महिलाको मृत्यु, हेलचेक्र्याइँ भएको आफन्तको आरोप
कोशी अस्पताल, विराटनगर
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । हेलचेक्र्याइँले उनको मृत्यु भएको भन्दै परिवार र आफन्तले विरोध गरेपछि तनाव उत्पन्न भएको छ ।
विराटनगर महानगरपालिका–७ की ६५ वर्षीया मालादेवी साहको उपचारको क्रममा सोमबार मृत्यु भए हो । मृतकका आफन्तले विरोध प्रदर्शन गर्दै उपचारका क्रममा विशेषज्ञ चिकित्सक उपलब्ध नगराइएको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनपछि अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले मृतकका आफन्तलाई अस्पतालमा चिकित्सकहरूको सेवा उपलब्ध रहेको बताएका थिए।
केही दिनअघि लडेर घाइते भएकी साहलाई आइतबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया
