बीपी राजमार्गमा भोलिदेखि सबै खाले सवारी साधन चल्ने

काठमाडौँ । अत्यधिक वर्षा पछिको बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने भएको छ । सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी यसबारे जानकारी गराएको हो ।

राजमार्गको भकुण्डेबेँसी–वर्षेखोला खण्डको करिब आठ किलोमिटर सडक बाढीले बगाएको थियो । त्यसपछि ट्रयाक खोलेर साना सवारीसाधन मात्र सञ्चालन गरिएको थियो । रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन मंगलबारदेखि सञ्चालन गर्न योग्य हुने सडक डिभिजनले जनाएको छ ।

उक्त सडकखण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ । भकुण्डेबेँसी–वर्षेखोलाखण्डको सडक बाढीले बगाएपछि चौकीडाँडा र माम्तीखोलानजिक डाइभर्सन निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *