खोला र पोखरीमा डुबेर ३ जनाको मृत्यु
विराटनगर । मोरङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । यस्तै, पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार केराबारी गाउँपालिका–९ का ८६ वर्षीय गोविन्दप्रसाद बजगाईंको लोहन्द्रा खोलाले बगाएर मृत्यु भएको हो ।
मोरङकै रतुवामाई नगरपालिका–१० का ३८ वर्षीय बखतबहादुर मगरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बुधबार बेलुकादेखि बेपत्ता थिए । बिहीबार उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।
यसैगरी, रतुवामाई नगरपालिका–२ मा पोखरीमा डुबेर स्थानीय अनन्त शर्माकी १२ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी विमल राजवंशीको पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।
प्रतिक्रिया
