सिन्धुलीमा बस दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ भलखाडामा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बसका २८ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार ६ जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आइतबार अपराह्‍न आसपासमा दुर्घटना भएको हो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माका अनुसार घाइतेहरुकोे सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । कतिपय घाइतेलाई धरानस्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *