बाढीपहिरोले कोशीमा ४ अर्ब ६३ करोडको क्षति

विराटनगर । कोशी प्रदेशमा बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बाढीपहिरोबाट प्रदेशको पूर्वाधारमा ठूलो क्षति भएको छ ।

असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले विभिन्न जिल्लाका भौतिक पूर्वाधारमा क्षति पुर्याएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

उक्त मन्त्रालय अन्तर्गतका आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्ने देखिएको मन्त्री राईले बताए । पूर्ण क्षति भएका पूर्वाधार बनाउन ३ अर्ब ६१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आंशिक क्षति पुगेको पूर्वाधारलाई तत्कालै मर्मत गरी सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

प्रदेशमा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको जनाइएको छ । उदयपुर र खोटाङ जोड्ने पक्की पुलको वैकल्पिक व्यवस्था गरिएको छ । यस्तै, इलाममा भासिएर मर्मतमा समस्या भएको सडकको पनि वैकल्पिक सडकमार्फत आवत–जावतको व्यवस्था मिलाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

चाडवाड मान्नका लागि प्रदेशका कुनै पनि जिल्लाका बासिन्दालाई आवत–जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम थालिसकेको मन्त्री राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *