विराटनगरमा इलामेली भेला : मन्त्रीको सम्मान र ‘अक्षितारा’ विमोचन

विराटनगर । विराटनगरसहित मोरङका विभिन्न स्थानमा बसोबास गरिरहेका इलामेलीहरुले शनिबार विशेष भेला आयोजना गरेका छन् । भेलामा नेपालीहरुको मुख्य पर्वहरु दसैँ, तिहार, नेपाल सम्बत र छठका अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

इलामेली समाज मोरङको आयोजनामा भएको भेलामा सहभागी भएका इलामेलीहरुले पर्वका अवसरमा आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । त्यस अवसरमा इलामबाट प्रतिनिधित्व गर्ने कोशी प्रदेशसभाका सांसद एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाको सम्मान गरिएको थियो ।

यसैगरी, कार्यक्रममा इलामेली स्रष्टा विष्णुप्रसाद काफ्लेको पहिलो कृति कविता संग्रह ‘अक्षितारा’ विमोचन गरिएको थियो । कृतिबारे संक्षिप्त टिप्पणी गर्दै साहित्यकार देवी पन्थीले काफ्लेका कविताहरुको विशेषताबारे वर्णन गरेका थिए ।

सुन्दर शब्द संयोजन, आकर्षक सज्जासहितको कृति पठनीय भएको उनले बताए । कविता लेख्न सजिलो नहुने अनुभव सुनाउँदै पन्थीले अक्षितारामा समेटिएका कविताहरु विभिन्न विषयमा केन्द्रित भएको र प्रभावशाली रहेको उल्लेख गरे । सर्जक काफ्लेले आफ्नो कृतिमा रहेको कविता ‘सिम्बोल नम्बर’ प्रस्तुत गरेका थिए ।

समाजका मोरङ सभापति दिनेशभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इलाम घर भएका, इलाम माइती भएका, ससुराली र मावली भएका तथा कुनै समय इलामलाई कर्मथलो बनाएर नजिकबाट जोडिएका व्यक्तित्वहरुको सहभागिता थियो ।

समाजले इलाम, इलामबासी र इलामसँग सम्बन्धित कार्यक्रम र गतिविधिहरु गर्दै आएको छ । इलाममा कुनै विपत्ति पर्दा वा कसैलाई अप्ठ्यारो परेका बेला सहयोग जुटाउने जस्ता गतिविधि सञ्चालन हुँदै आएको छ । यसैगरी, विभिन्न पर्वका अवसरमा भेला भएर अनुभव आदानप्रदान गर्ने, शुभकामना साटासाट गर्ने गरिँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्त्री राना सहभागी थिए । यसैगरी, प्रदेशसभा सदस्य यशोदा कायस्थ, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्टार दिलनाथ फुयल, प्रदेश मन्त्रालयका सचिव प्रदिप वान्तवा, इलामेली समाजका प्रदेश अध्यक्ष कृष्ण शाह, उपाध्यक्ष मोहन सुवेदी, उपाध्यक्ष रबिन गौतम, शरद श्रेष्ठ, सचिदानन्द देवको सहभागिता थियो ।

यस्तै, माधव केसी, दुर्गाप्रसाद खरेल, दामोदर फुयल, मञ्जु तिम्सिना, लक्ष्मी शर्मा, दिपिका शर्मा, पार्वती बस्नेत, लता थापा बस्नेत, रिना कर्माचार्य श्रेष्ठ, सुमन खनाल, गोपालप्रसाद रिजाल, अर्जुन श्रेष्ठ, ममता प्रधान, टंकप्रसाद गौतमको पनि सहभागिता थियो ।

पशुपति नेपालले सञ्चालन गरेको कार्यक्रममा अनुजा गौतम, झुमा निरौला गौतम, लीलाप्रसाद गौतम, टंकनाथ घिमिरे, गीता अधिकारी, शिक्षा ढकाल, रजनी श्रेष्ठ (रुना), सिर्जना श्रेष्ठ, यशोदा सिंह, सरस्वती श्रेष्ठ, रन्जिता शिवाकोटी, भीमा घिमिरे, वर्षा घिमिरे, मञ्जु श्रेष्ठ, शकुन्तला श्रेष्ठ, उमा कोइराला सुवेदी पनि सहभागी थिए ।

यसैगरी, कमला घिमिरे, प्रमिला शाही, चन्द्रमाया श्रेष्ठ, निशा श्रेष्ठ, भीमकुमारी अधिकारी, वेदना कर्माचार्य श्रेष्ठ, मनोज दाहाल, सुधाकर पोखरेल, पुष्पक प्रधान, आद्रता रेग्मी, राजेन्द्र प्रधान, कुमार श्रेष्ठ, कृष्णा पौड्याल, मञ्जु ढकाललगायतको कार्यक्रममा सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *