काठमाडौँबाट विराटनगर आइरहेको हायस सिन्धुलीमा दुर्घटना

विराटनगर । काठमाडौँबाट विराटनगर आइरहेको हायस सिन्धुलीको सिस्नेरीमा शुक्रबार दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित १५ जना घाइते भएका छन् । हायसमा १९ जना सवार रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेका अनुसार काठमाडौँबाट हेटौँडा हुँदै विराटनगरका लागि आएको हायस सडकबाट नालामा खसेको हो ।

बा ५ ख ६६१८ नम्बरको उक्त हायस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएको एसपी काफ्लेले सरल पत्रिकालाई जानकारी दिए ।

घाइतेहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

कहाँका को को घाइते ?

१) चालक मोरङको सुन्दरहरैँचाका अनुज सुन्दास

२) चालक मोरङको सुन्दरहरैँचाका प्रकाश उप्रेती

३) सुनसरीको इटहरी–१९ की सिसम घिमिरे

४) झापाको बिर्तामोड–५ का समिर तामाङ

५) सुनसरीको इटहरी–६ की विजया तिमल्सिना

६) मोरङको लेटाङ–६ का गोपाल नेपाली

७) मोरङको लेटाङ–१ का दिपेश राई

८) मोरङको मधुमल्ला–९ का बमबहादुर खड्का

९) पाँचथरको याङ्वरक–४ का बिक्रम सुन्दास

१०) पाँचथरको याङ्वरक–४ का सुजन सुन्दास

११) धनकुटाको महालक्ष्मी–१ का गोरख बुढाथोकी

१२) मोरङको सुन्दरहरैँचा–१ का उपेन्द्र खतिवडा

१३) मोरङको मधुमल्ला–९ का नेत्रबहादुर खड्का

१४) विराटनगर महानगरपालिका–८ का अतुल कटुवाल

१५) तेह्रथुमको छथर–६ का निरबहादुर लिम्बु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *