पौडी खेल्दा मोरङमा खोलाले बगाएर युवक बेपत्ता
फाइल तस्बिर
विराटनगर । मोरङको कटहरीस्थित लोहन्द्रा खोलाले बगाउँदा बिहीबार स्थानीय १८ वर्षीय आशीष राजवंशी बेपत्ता भएका छन् । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कटहरी–५ का राजवंशीलाई धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले बगाएको हो ।
पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । स्थानीय र प्रहरीले साँझसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् । शुक्रबार बिहानैबाट पुनः खोजी सुरु गरिने जानकारी डीएसपी जोशीले दिए ।
प्रतिक्रिया
