सुन्दरहरैँचामा दुईवटा बस ठोक्किँदा ३० जना घाइते (नामसहित)
फाइल तस्बिर
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमानास्थित दुलारीमा २ वटा यात्रुवाहक बस ठोक्किएर बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा अधिकांश महिला छन् । उनीहरुको विराटनगर र इटहरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ७२१६ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजेतिर ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुवै बसमा सवार यात्रुहरु घाइते भएका छन् ।
लम्सालले ७२१६ नम्बरको बसका चालक पनि घाइते भएको जानकारी दिए । दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै बस प्रहरीको नियन्त्रणमा छन् । २६२८ नम्बरको बसका चालक झापाको भद्रपुर नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय रेवती श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरु
गम्भीर
१, सुनसरीको इटहरी उपमहानगरपालिका–३ की ७८ वर्षीया गंगामाया घतानी (अवस्था गम्भीर, विराटनगरको न्युरो अस्पतालमा उपचार हुँदै) ।
२, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ५८ वर्षीया धनकुमारी तिम्सिना (अवस्था गम्भीर, विराटनगरको नोबेल अस्पतालमा उपचार हुँदै) ।
सामान्य
३, झापाको कन्काई नगरपालिका–१ का ३२ वर्षीय प्रकाश दर्जी । (७२१६ नम्बरको बसका चालक अवस्था सामान्य)
४, अन्जना कार्की । (उमेर र ठेगाना नखुलेको )
५, जीवनकुमार राई । (उमेर र ठेगाना नखुलेको )
६, कूलप्रसाद तिम्सिना । (उमेर र ठेगाना नखुलेको )
७, मन्जना मण्डल । (उमेर र ठेगाना नखुलेको )
८, रन्जन मण्डल । (उमेर र ठेगाना नखुलेको )
९, झुमा गुरुङ । (उमेर र ठेगाना नखुलेको )
१०, जुना गुरुङ । (उमेर र ठेगाना नखुलेको )
११, रिसा लाखे । (उमेर र ठेगाना नखुलेको )
१२, रिया भण्डारी । (उमेर र ठेगाना नखुलेको )
१३, सपना राई । (उमेर र ठेगाना नखुलेको )
१४, नैनकला लिम्बू । (उमेर र ठेगाना नखुलेको )
१५, मोरङको बेलबारी नगरपालिका–१ की २२ वर्षीया रीतिका मगर
१६, बेलबारी–१ की २८ वर्षीया करुण चौहान
१७, बेलबारी–१ की २४ वर्षीया पवित्रा खड्का
१८, मोरङको उर्लाबारी नगरपालिका–६ की ३६ वर्षीया कल्पना बस्नेत
१९, मोरङका रतुवामाई नगरपालिका–५ की ७० वर्षीया गोमादेवी अधिकारी
२०, सुनसरीको इटहरी उपमहानगरपालिका–२ की ३८ वर्षीया सीता विक
२१, बेलबारी–१ का ३४ वर्षीय कुमार खड्का
२२, इटहरी–२ की ३८ वर्षीया पार्वती खड्का
२३, इटहरी–१ की ३३ वर्षीया चन्द्रकुमारी राई
२४, उर्लाबारी–३ की ६५ वर्षीया चन्द्रावती बराल
२५, उर्लाबारी–२ का ७० वर्षीय अमृत बराल
२६, सुनसरीको धरान उपमहानगरपालिका–१६ की ३८ वर्षीय शर्मीला राई
२७, धरान–१६ की ४२ वर्षीया गोमा खड्का
२८, झापाको भद्रपुर नगरपालिका–६ की ५३ वर्षीय दिवा मगर
२९, भद्रपुर–६ का ६५ वर्षीय इन्द्रबहादुर मगर
३०, मोरङको रंगेली नगरपालिका–८ की ३० वर्षीया दीपा साह
