मोरङको सुन्दर हरैँचामा दुईवटा बस ठोक्किए

विराटनगर । मोरङको सुन्दरहरैँचामा दुईवटा बस ठोक्किएर बिहीबार भएको दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । झापाबाट इटहरी आइरहेको र इटहरीबाट झापातिर गइरहेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जनाभन्दा बढी यात्रु सामान्य घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको उनले बताए ।

पूर्वपश्चिम राजमार्गको सुन्दरहरैँचा नगरपालिका–४ दुलारीमा दुर्घटना भएको हो । को १ ख ७२१६ तथा मे १ ख २६२८ नम्बरको बस ठोक्किएका हुन् । दुर्घटनाका कारण केही बेर यातायात अवरुद्ध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *