वर्षाले झापाका ५ पालिकामा करोडौंको क्षति

झापा । गत साता यताको अत्यधिक वर्षाका कारण झापाको कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा लगाइएका धानलगायत बाली नष्ट हुँदा ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार झापा गाउँपालिकामा ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

यसैगरी, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुगेको केन्द्रले जनाएको छ । गौरादहमा धान र अन्य बालीमा नोक्सान पुगेको छ । यसैगरी, मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार क्षतिको विवरण संकलन गर्ने काम जारी छ । हालसम्म पाँचवटा पालिकाको विवरण मात्र आएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *