इलाम, झापा, सुनसरी र मोरङमा धेरै वर्षा
पूर्वी इलामको शुक्रबारेमा भएको वर्षा । तस्बिरः भुपाल राज खतिवडा
विराटनगर । कोशी प्रदेशमा बुधबार रातिदेखि धेरै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा भएको छ । यी जिल्ला भएर बग्ने नदी तथा खोला आसपास क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसैगरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ । यी क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।
प्रतिक्रिया
