बिहानैदेखि वर्षा, साँझसम्म जारी रहने

विराटनगर । यो वर्षको मनसुन बाहिरिने बेलामा विराटनगरलगायत कोशी प्रदेशका विभिन्न स्थानमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । वर्षा साँझसम्म जारी रहने अनुमान गरिएको छ ।

पूर्वका इलाम, झापा, सुनसरीलगायत जिल्लाका विभिन्न स्थानमा वर्षा भइरहेको छ । भारतको असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने जनाइएको छ । कोशी र बाग्मती प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने विभागले जनाएको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *