कोशीदेखि गण्डकीसम्म बुधबारबाट वर्षा हुने अनुमान
काठमाडौँ । कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा आगामी बुधबारदेखि वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थान तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै जनाएको छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आगामी शनिबारसम्म वर्षा हुन सक्ने देखिएको छ ।
गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको उनले बताए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना नरहेको पोखरेलको भनाइ छ ।
प्रतिक्रिया

syanju Limbu