कोशी ब्यारेजको पुलबाटै बग्न थाल्यो पानी

सुनसरी । कोशीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार ब्यारेजको पुलको १८ नम्बर ढोकामाथिबाट पानी बग्न थालेको छ ।

पानीको बहाव उच्च भएपछि ब्यारेकाज ५६ वटै ढोका खुला गरिएको छ । पुलबाटै पानी बग्न थालेपछि कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको जानकारी रेग्मीले दिए ।

दिउँसो ४ बजे गरिएको मापनअनुसार कोशीको बहाव प्रतिसेकेण्ड ५ लाख ४९ हजार क्यूसेक छ । सुनसरी प्रशासनले अर्काे सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो । कोशी उर्लिएपछि कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको स्थानीय प्रशासनले जनाएको छ । सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो ।

जोखिम बढेपछि कोशी ब्यारेजबाट मानिस र सवारी साधन आवागमनमा रोक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *