लाइसेन्सबिनै चलाएको मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु
विराटनगर । लाइसेन्सबिनै मोटरसाइकल चलाउँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–४ का १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करले पैदलयात्री झापाको चारआली घर भएका २४ वर्षीय आकाश मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकल चालक कोशी प्रदेशसभा सांसद ललिताकुमारी चौधरीका छोरा हुन् । उनले चलाएको प्रदेश १–०२–०४४ प ८४४ नम्बरको मोटरसाइकलले चार दिनअघि मण्डललाई ठक्कर दिएको थियो ।
तीव्र गतिको मोटरसाइकलले बूढीगंगा–१ मा भदौ ५ गते मण्डललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । बुधबार बिहान मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया
