चट्याङ र करेन्ट लाग्दा तीन जनाको मृत्यु
प्रतीकात्मक तस्बिर
विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा रंगेली नगरपालिका–९ की २७ वर्षीया साक्रो हेमरमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मिक्लाजुङ गाउँपालिका-३ मा घर बनाउन खटिएका मिस्त्री झापाको दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको पनि चट्याङ लागेर मृत्यु भएको छ ।
यसैबीच, झापाको दमक नगरपालिका–८ मा करेन्ट लागेर इलामको महमाई नगरपालिका–४ घर भई दमक–८ मा डेरा गरी बस्दै आएका सिटी सफारी चालक ६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
प्रतिक्रिया
