मोटरसाइकलको ठक्करले पैदलयात्री वृद्धको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–६ मा मोटरसाइकलको ठक्करले पैदलयात्री वृद्धको मृत्यु भएको छ । बिर्तामोड–६ कुमारी चोकमा प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले सोमबार राति बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालक बुद्धशान्ति गाउँपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
