आगामी सातासम्म विभिन्न भागमा पानी पर्ने सम्भावना

काठमाडौँ । अबको एक सातासम्म मुलुकका विभिन्न भागमा वर्षा हुने अनुमान गरिएको छ । आगामी बिहीबारसम्म मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार कोशी प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका विभिन्न क्षेत्रमा पानी परेको थियो । आउने सोमबारसम्म पानी पर्ने क्रम केही बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कतिपय स्थानमा बिहीबारसम्मै पानी पर्न सक्ने जनाइएको छ ।

विशेषगरी कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान महाशाखाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *