भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा बुधबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खाँदबारी–किमाथांका सडकखण्डको वरुणबाट खाँदबारी आउने क्रममा मकालु गाउँपालिका–३ समाटारमा पुग्दा ट्याक्टर भीरबाट खसेको थियो ।

प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार ट्याक्टर भीरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *