भैँसीसँग चारवटा गाडी ठोक्किँदा ५ जना घाइते, भैँसी ठहरै
विराटनगर । विराटनगरमा भैँसीसँग चारवटा गाडी ठोक्किएर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१४ मलाया रोडमा मंगलबार राति भैँसीसँग दुईवटा मोटरसाइकल, एउटा जीप र एउटा कार ठोक्किएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा पाँचजना घाइते भएका छन् । गाडीको ठक्करले भैँसी मरेको छ । प्रहरीका अनुसार को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । को ११ प २९०९ मोटरसाइकलमा सवार एकजना र बा २९ च २६१८ नम्बरको कारमा सवार दुईजना घाइते भएका छन् । घाइतेहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
