‘स्मार्ट बन्द’ पछि विराटनगर गुरुकुलमा आज ‘ज्ञ’

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवमा आइतबार सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलको प्रस्तुति रहने नाटक ‘ज्ञ’ मञ्चन हुँदैछ । सोमबार एकता सेकेन्डरी स्कुलले ‘साबित्रीको बाख्रो मञ्चन’ गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको आठौँ दिन शनिबार ‘स्मार्ट बन्द’ मञ्चन गरिएको थियो । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा मोरङ ज्ञानोदय सेकेन्डरी इङ्ग्लिस स्कुल बेलबारीले उक्त नाटक मञ्चन गरेको हो ।

विकास बुढाथोकीद्वारा लिखित तथा निर्देशित उक्त नाटकले अत्यधिक स्मार्टफोन प्रयोगसँग सम्बन्धित समस्यालाई उजागर गरेको थियो । नाटकले दर्शकहरूलाई आफ्नो डिजिटल बानीहरुको लागि स्मार्ट र सन्तुलित दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको थियो ।

नाटकमा खुशी गुरुङ, समिता राई, युना राई, विजेता गुरुङ, पुकार बस्नेत, श्रद्धा पोखरेल लगायतले अभिनय गरेका थिए । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गते सुरु भएको महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गरिरहेका छन् ।

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको आरोहणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *