घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको १४औँ साधारणसभा सम्पन्न
काठमाडौँ । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, काठमाडौँको १४औँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित साधारणसभामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी थिए । अधिवेशनबाट नयाँ समिति चयन भएको छ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको कार्यक्रममा उपस्थित घिमिरे बन्धुबीच विभिन्न विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा एसईईमा ४ जिपिए ल्याएका विश्वास घिमिरेलाई सम्मान गरिएको थियो । यसैगरी, ९६ वर्षीया लीलादेवी घिमिरे तथा प्रतिष्ठानको आजीवन सदस्यता लिएका प्रतिनिधिहरूको पनि सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा रामेछाप, चितवन, झापा, लमजुङ, काठमाडौँ, ललितपुर, ओखलढुङ्गा, गोरखा, इलाम, कास्की, काभ्रेपलाञ्चोक, भोजपुरबाट प्रतिनिधिको सहभागिता थियो ।

यसैगरी, दोलखा, पाँचथर, सिन्धुली, दाङ, गुल्मी, धनुषा, धनकुटा, धादिङ, तनहुँ, सुर्खेत, सिन्धुपाल्चोक, रूपन्देही, म्याग्दी, बाग्लुङ, नुवाकोट, पाल्पा, खोटाङ, सोलुखुम्बु, भक्तपुर, रौतहट, मोरङ, म्याग्दीलगायतका जिल्लाबाट जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।
