पहिरोसँगै खसेको ढुङ्गाले लागेर गाडीमा सवार यात्रुको मृत्यु

ताप्लेजुङ । पहिरो जाँदा खसेको ढुङ्गाले लागेर एक जना महिलाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–३ लिङखिमको फेसेवामा पहिरोसँगै झरेको ढुङ्गाले लागेर २६ वर्षीया निर्मला गुरुङको मृत्यु भएको हो ।

सिकिस्त घाइते भएकी उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार शनिबार दिउँसो फुङलिङबाट फक्ताङलुङ जाँदै गरेको मे १ ज १३६२ नम्बरको पिकअप भ्यानमा यात्रारत निर्मलालाई माथिबाट झरेको ढुङ्गाले लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *