कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभाव कायमै रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार यसको प्रभाव रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आइतबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *