झापाको शिवसताक्षीमा एक जनाको हत्या, मृतकका दाजु पक्राउ
झापा । झापाको शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको गएराति हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको छ ।
रामप्रसादको शव घर पछाडि भेटिएको थियो । उनको टाउकोमा गहिरो चोट पाइएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि नारायणलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार घटनास्थलमा रगत लागेको दाउरा भेटिएको छ । त्यही आधारमा दाउराले प्रहार गरी हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया
