रुखमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
विराटनगर । मोरङको मिक्लाजुङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि बसेका एकजना घाइते भएका छन् । प्रहरीका अनुसार उर्लाबारीबाट टाँडी जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर मिक्लाजुङ गाउँपालिका–६ मा बिहीबार अपरान्ह स्थित सडक छेउको रुखमा ठोक्किएको थियो ।
स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मिक्लाजुङ गाउँपालिका–६ का ५० वर्षीय रमेश राई गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
प्रतिक्रिया
