दसैँका लागि मुस्ताङबाट कालो च्याङ्ग्रा ल्याइने
काठमाडौँ । यसपालिको दसैँका लागि मुस्ताङको कालो च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँ उपत्यका र आसपास क्षेत्रमा बिक्री गर्न मुस्ताङबाट च्याङ्ग्रा ल्याउने भएको हो ।
उपभोक्ताले रुचाउने भएकाले मुस्ताङको कालो च्याङ्ग्रा ल्याउन लागिएको जनाइएको छ । यस वर्ष ६ सय च्याङ्ग्रा र १५ सय खसीबोका ल्याइने कम्पनीले जनाएको छ ।
यस्तै, खाद्य कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपत्यकाका तीन सहित ४३ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने छ ।
प्रतिक्रिया
