आज मधेसबाहेक ६ वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मधेसबाहेक आज दिउँसो छवटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमै रहे पनि भारतको उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा प्रभाव पर्ने भएको हो । आज राति पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

महाशाखाले आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा बढी वर्षा हुन सक्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *