कांग्रेसले नाराबाजी गरेपछि संसद बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ । बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पुरा नभएसम्म सदन चल्न नदिने र यसको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *