भारतको नैनितालमा मोटर दुर्घटनामा ७ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार,  सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो ।

दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा सक्रिय भएको थियो ।

उध्दार टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेका थिए । मृतक सात जना महेन्द्रनगरका रहेको   समाचारमा उल्लेख गरेको छ ।

मृतक नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *