कोशी सरकारबाट माओवादीका मन्त्रीहरुको राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सोमबार राजीनामा दिएका छन् ।

माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

तयसपछि उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *