५५४ मेगावाट बिजुली किन्न भारतसँग सम्झौता

काठमाडौं । भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि नेपालले सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको हो ।

मार्च ३० देखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने उनले बताए ।

सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको हो ।

अहिले कुल ३ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि १२ सय मेगावाट बिजुली मात्र उत्पादन भइरहेको छ ।

नेपालले बर्खायाममा केही मात्रामा बिजुली भारत निर्यात गर्दै आएको भए पनि सुक्खायाममा कम्तीमा ४० प्रतिशत ऊर्जा भारतसँग किन्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *