नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

काठमाडौं ।  पहिलो टी-२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

टियू क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनकोे योगदान दिए । त्यस्तै, सन्दीप जोराले  ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीलेसर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुई/दुई तथा  करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *