आइतबार र सोमबार पनि पानी पर्ने सम्भावना

काठमाडौं । देशको पूर्वी क्षेत्रमा भोलि र पर्सि पनि पानी पर्ने सम्भावना छ । देशभरि मौसम परिवर्तन भइरहेको छ । केही क्षेत्रमा शनिबार पानी पर्ने क्रम जारी छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानका साथै मधेश प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशको पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

आइतबार काठमाडौंसहित पहाडी क्षेत्र तथा सोमबार तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । पानी पर्न सक्ने सम्भावना भएकाले होली प्रभावित हुन सक्ने देखिएको छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *