पोखरेलको ‘कसका लागि’ लघुकथा संग्रह सार्वजनिक

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथा संग्रह सार्वजनिक गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको सार्वजनिक गरिएको हो ।

कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी लगायतले संयुक्त रुपमा कृति सार्वजनिक गरे ।

विमोचित कृतिका बारेमा प्रा. डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुङ्गेलले समीक्षा गरेका थिए ।

यसैगरी, साहित्यकार बलराम पोखरेल, कृष्ण भण्डारी मार्सेली, प्रेम ओझा, गंगा सुवेदी, देवी पन्थी, रामबाबु दाहाल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रममा प्रतिमा निरौला, प्रिन्स प्रमोद ढकाल, लक्ष्मी रायमाझी पुष्पा बराल र उमा सिजापतिले कृति भित्रका लघुकथा वाचन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *