प्रचण्ड र ओली आएपछि कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकार आगामी दुई वर्षसम्म कसैले हटाउन नसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रदेश प्रमुख भएर आए पनि अहिलेको सरकारलाई बल मिच्याइँ गरेर हटाउन नसक्ने उनको भनाइ छ ।

मोरङको झोराहाटमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले भने, ‘कसैले कोशी प्रदेश सरकार ढाल्छु भनेर सोचेको छ भने त्यो भ्रमबाट मुक्त हुन सुझाव दिन्छु ।’

केन्द्रीय गठबन्धन परिवर्तन भएपछि मुख्यमन्त्री कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नेकपा एमालेले बताउँदै आएको छ ।

सरकारले भने संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको सरकारको बहिगर्मनमा जानु भनेको मध्यावधि निर्वाचनमा जानु हो भन्ने तर्क गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *